Breaking

आज २५६६औँ बुद्धजयन्ती


काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज मनाइँदै छ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ जस्ता अनेकौँ कालजयी सन्देशका वाहक गौतम बुद्धको २५६६औँ जयन्ती शान्तिको कामना गर्दै मनाइँदै छ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप बुद्धजयन्ती बनाउने गरिन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गर्ने गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।