Breaking

आज गाईजात्रा पर्व मनाइँदै,प्रतिपदाका दिन


काठमाडौँ – भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पर्व आज देशभर मनाइँदै छ । काठमाडौँ उपत्यकाका, भक्तपुर, पाटनसहित विषेश गरी नेवार समुदाय बसोबास भएका ठाउँमा गाइजात्रा पर्व मनाइन्छ ।

मृत्यु भएको एक वर्ष नपुगेका आफन्तका परिवारले गाइजात्राका दिन मृतक आफन्तको सम्झनामा उनीहरुको तस्बिरका साथै पुत्लाहरु बनाएर आ-आफ्ना इलाका परिक्रमा गराउने प्रचलन छ ।

काठमाडौँ उपत्यकाका, भक्तपुर, पाटनसहितका नेवार समुदायमा यो पर्व मनाइन्छ । वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा मनशान्तिका लागि गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने परम्परागत प्रचलन रहेको छ ।

मृत्यु भएको एक वर्ष नपुगेका आफन्तका परिवारले गाइजात्राका दिन मृतक आफन्तको सम्झनामा उनीहरुको तस्बिरका साथै पुत्लाहरु बनाएर आ–आफ्ना इलाका परिक्रमा गराउने प्रचलन छ । गाई र मानिसलाई सिगारी मृतक आफन्तको प्रतिमाका साथ सहर परिक्रमा गर्दै मृतकका आफन्तले फलफुल, मिठाई, दुध, दही लगायत विभिन्न खानेकुरा र द्रव्य दान गर्ने प्रचलन छ ।

यसरी नगरपरिक्रमा गर्नाले मृत्यु भएका व्यक्तिले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ । गाईजात्रा पर्वको सुरुवात राजा प्रताप मल्लले गराएको मानिन्छ। राजा प्रताप मल्लले पुत्रको मृत्युले शोकले बिह्वल भएकी आफ्नी रानीलाई फकाउनका लागि हाम्रो छोरा जस्तै धेरैका आफन्त मरेका छन् भनी देखाउन आ–आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएको जनश्रुती पाइन्छ ।

यतिले पनि रानीको मन शान्त हुन नसकेकाले गाइजात्रा पर्वमा विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिए अनुरूप आजसम्म सोही परम्परा अनुसार यस पर्व मनाइदै आएको मानिन्छ ।