कोरोना विशेष

आजदेखि तीनदिनसम्म भेरोसेलको पहिलो डोज खोप दिने (खोप केन्द्रसहित)


काठमाडौँ – काठमाडौँ जिल्लामा आजबाट १३ गते सम्म १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ ।

तीन दिनसम्म चल्ने खोप कार्यक्रममा काठमाडौँका १२ वटै पालिका र सात अस्पतालकमा केन्द्र तोकिएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।