Breaking

आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना


काठमाडौँ — आज देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनु्सार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भेगका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिकरहल्का वर्षा हुने सम्भावना छ ।

यस्तै राति गण्डकी प्रदेशको पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

जसमा भनिएको छ स् सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ । साथै देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।