देश

आङ वावु कान्छी शेर्पाद्वारा गुम्बालाई ५१ लाखको अक्षय कोष खडा


काठमाडौँ – सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका घुम्नेमेरामा रहेको च्याङमितेङ्ग ओगेन छोलिङ्ग गुम्बामा आङ वावु कान्छी शेर्पा अक्षयकोष खडा गरिएको छ । अमेरिकामा लामो समय बसि नेपाल आएका आङ वावु शेर्पा र उनकी पत्नी कान्छी शेर्पाले गुम्बाको नाममा ५१ लाख रुपैयाँको अक्षयकोष खडा गरेका हुन् ।

उक्त खडा गरिएको अक्षयकोषको रकमबाट आउने व्याजले त्यहाँ अध्ययनरत लामा विद्यार्थीहरुको पढाईमा खर्च गरिने गुम्बा प्रमुख खेन्पो दोर्जी शेर्पाले जानकारी दिए । कार्तिक ५ गते काठमाडौँको एक होटलमा आयोजित कार्यक्रममा उक्त रकम प्रदान गरिएको थियो । च्याङमितेङ्ग ओगेन छोलिङ्ग गुम्बा काठमाडौँ कमिटिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि आचार्य नुर्वु शेर्पा लगायतको उपस्थितिको रहेको थियो ।