Breaking

आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी, सिद्धान्त र प्राथमिकताका विषयमा छलफल जारी


आगामी शनीबार संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवि भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् । नीति तथा कार्यक्रम र बजेटको तयारीमा रहेको सरकाले अर्थतन्त्र सुधारमा कस्तो उपाय अपनाउछ भन्ने चासो छ । यसै सन्दर्वमा संसदहरुले विभिन्न कारणले थलिएको अर्थतन्त्र बचाउन विशेष भुमिका निर्वाह गर्न सरकारलाई सुझाव दिएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी नयाँ नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । तर पछिल्लो समय मुलुकको अर्थतन्त्र शंकटउन्मुख बन्दै गएको छ । वास्तवमा नेपालको अर्थतन्त्र शंकटउन्मुख मात्रै हो वा शंकटग्रस्त बनिसक्यो ? यस बारेमा अर्थविद्हरुले विभिन्न तर्क गरिरहेका छन् । समस्यामा रहेको अर्थतन्त्र सुधार वा समाधानका उपायहरु नखोज्ने हो भने नेपालको अर्थतन्त्र धरापमा पर्ने अर्थविद्हरुले बताइसकेका छन् ।

यहि विचमा यहिसाता निती तथा कार्यक्रम र आगामी १५ गते देशको बजेट आउदै छ । मंगलबार मात्र अर्थमन्त्रीले जनार्दन शर्माले संसदमा बजेटका सिद्धान्त र प्राथमिकता पेश गरे । जसको छलफल बुधबार देखि सुरु भएको छ भने विहिवार पनि सांसद हरुले आफ्नु धारणा राख्ने छन् । संसदको संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छिन् । सरकारले जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । मंगलबार देखि सुरु भएको बजेट छलफलमा अधिकांस सांसद हरुले संकटमा रहेको अर्थतन्त्र बचाउने गरि बजेट ल्याउन सुझाव दिएका छन् ।

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले अर्थमन्त्री शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रधानमन्त्रीको की आफ्नै सिद्धान्त ल्याएको भनेर प्रश्न गरे । भट्टराईले गठबन्धन सरकार आएसँगै मुलुकको आर्थिक प्रणाली खास गरी औपचारिक प्रणाली र बैंकिङ प्रणालीहरु नै ध्वस्त हुँदै गएको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले हाम्रो सम्पत्ति कति हो भन्ने अभिलेखीकरण नै नभएको बताए । छलफलका क्रममा उनले राष्ट्रियताका कुरा गर्दा आर्थिक राष्ट्रियताका बारेमा गम्भिर रुपमा लिन आवश्यक रहेको तर्क गरे । उनले संघीयता राजनितिक मात्रै नभएर आर्थिक पनि हुन आवश्यक रहेको बताए । उनले कोरोनाले थलिएको अर्थतन्त्र बचाउने गरी बजेट ल्याउन सुझाव पनि दिए ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रगतिशिल कर प्रणाली लागू गर्न आग्रह गरे । उनले सरकारलाई प्रगतिशिल कर प्रणाली लागू गर्न आग्रह समेत गरे । त्यस्तै, उनले आगामी बजेटमा भूमि सुधार र कृषिको विकासका विषयलाई पनि प्राथमिकतामा राख्नु पर्ने बताए । आगामि सनिबार संघिय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैंठकमा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवि भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन । साथै, अर्थमन्त्रीले जेठ १५ गते आफ्नु कार्यकालको दोस्रो बजेट ल्याउदैछन ।