राजनीति

आक्रोसित स्थानीयले हाने बुटवलका मेयरमाथि मुक्का


काठमाडौँ – बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि स्थानीय एक युवाले मुक्का प्रहार गरेको छ । मेयर सुवेदीलाई बुटवल ३ ज्योतिनगरका आक्रोसित पहिरो पीडितले मुक्का हानेको हो ।

मेयर सुवेदी सोमबार पहिरोको अवलोकन गर्न त्यहा पुगेका थिए । पहिरो गएको लामो समयसम्म पनि सरकारले विस्थापितलाई बेवास्ता गरेको भन्दै आक्रोशित बनेका स्थानीय युवाले सोमबार बिहान पहिरो अवलोकनको लागि पुगेका सुवेदी माथि एक्कासी आक्रमण गरेका थिए।

अवलोकनका लागि पुगेका मेयर सुवेदी स्थानीय आक्रोशित बनेपछि फर्किएका छन्। गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो जाँदा झन्डै एक दर्जन घर पहिरोले पुरिएका थिए भने ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्।