समाचार

आकाशमै ‘डोर अनलक’ भएपछि पोखरा उडेको गुणको विमान काठमाडौँ फर्काइयो


काठमाडौँ — पोखराका लागि उडेको गुण एयरलाइन्सको विमानमा समस्या देखिएकाले पुनः काठमाडौँ फर्काइएको छ ।

काठमाडौँबाट पोखरा उडेको गुण एयरलाइन्सको जहाजको ‘डोर अनलक’ भएपछि काठमाडौँ नै फर्काएर सुरक्षित अवतरण गराइएको हो । अमेरिकन विचक्राफ्टको उक्त जहाजमा १५ यात्रुसहित चालकदलका ३ सदस्य सवार थिए ।

त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार काठमाडौँबाट उडेको पाँच मिनेटमा नै जहाजको यात्रु चढ्ने ढोका पूर्ण रुपमा बन्द नभएको देखिएपछि काठमाडौँ विमानस्थल नै फर्काइएको थियो ।