खेलकुद

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारत र पाकिस्तान आज भिड्दै


काठमाडौँ – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै छन् । सुपर १२ अन्तर्गत समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुने छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारत र पाकिस्तानबीचको क्रिकेटलाई निकै चासोको साथ हेरिएको छ । राजनीतिक रुपमा सम्बन्ध चिसिएको बेला दुबै टोली जित्नैपर्ने दबाबमा रहेका छन् । भारत र पाकिस्तानबीच पछिल्लो पटक २०१९ को एकदिवसीय विश्वकपमा समूह चरणमा भेट भएको थियो । उक्त खेलमा भारत विजयी भएको थियो । चिरप्रतिद्धन्दीको रुपमा रहेपनि एकदिवसीय विश्वकप र टी–ट्वान्टी विश्वकपमा पाकिस्तानले भारतलाई पराजित गर्न सकेको छैन् । भारत विजयीयात्रालाई जारी राख्न चाहन्छ भने पाकिस्तान भारतलाई हराएर इतिहास रच्ने योजनामा रहेको छ ।