खेलकुद

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानको लगातार दोस्रो जित


काठमाडौँ –पाकिस्तानले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

गएराति भएको खेलमा न्युजिल्याण्डलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रो जित दर्ता गरेको होे । यसअघि पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । न्युजिल्याण्डले भने हारबाट विश्वकपको सुरुआत गरेको छ । न्युजिल्याण्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

जितसँगै पाकिस्तानले २ खेलमा ४ अंक जोडेको छ । समूह २ मा रहेको पाकिस्तान शीर्ष स्थानमा रहेको छ । न्युजिल्याण्ड भने अंकविहीन रहेको छ ।