बैँक / वित्त

आइएमईको २० औं वार्षिकोत्सव सम्पन्न


काठमाडौँ – नेपालको रेमिटेन्स कम्पनी आइएमई लिमिटेड स्थापना कालको २१औं वर्षमा प्रवेश गरेको छ । रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन सफल कम्पनीले शनिबार आफ्नो २० औं वार्षिकोत्सव मनाएको छ ।

नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित देशभर ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् कम्पनीले विदेशमा कार्यरत नेपालीहरुले दुस्ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा वितरण गर्दै आइरहेको छ । आइएमइ रेमिट र आइएमइ पेको नेटवर्क ३५ हजार भन्दा बढी रहेको आइएमई ग्रुपका प्रवक्ता राजु पौडेलले जानकारी दिए ।

छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट रकम पठाउन आइएमई रेमिट लोकप्रिय रहेको कम्पनीले जनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले सम्पूर्ण सेवाग्राही, व्यावसायिक साझेदार लगायत सम्पूर्णप्रति आभार तथा कृतज्ञता ज्ञापन गरेको छ ।

कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी कम्पनीले भर्चुअल माध्यमबाट कार्यक्रम गर्दैछ । २० वर्षदेखि कार्यरत कर्मचारी र १० वर्षे सेवा अवधि पुरा गरेका कर्मचारीलाई कम्पनीले सम्मान गर्दैछ ।