Breaking

असुरक्षित सडक, सवारी दुर्घटना र भारी वर्षा, दशैँ सर्वसाधरणलाई बन्यो दशा


काठमाडौँ — पारिवारिक जमघट, मान्यजनहरुबाट टिका जमरा सहितआर्शिवाद ग्रहण गर्ने पर्व हो दसै । पछिल्लो समय त परिवार आफन्तजन भेटघाट गर्न दसै जस्ता पर्व नै कुर्नुपर्ने अवस्था समेत बनेको छ । त्यसैले कर्मथलोबाट जन्मथलो फर्किने चलन बनेको छ । हर्ष उत्सव र खुशी साट्ने पर्व दशै असुरक्षितयात्राका कारण कतिपयकालागिदशाबन्ने गरेको छ । विहिवार बाराको अमलेखगन्जस्थित ३ नम्बर पुलनजिक बस दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ ।

मुत्यु हुनेमा ९ जनापुरुष र ७जनामहिला छन । घाईते र गम्भिर घाईतेहरुको मकवानपुर,चितवन,सिमराकाविभिन्न अस्पतालहरुमा उपचार भईरहेको जिल्लाप्रशासनकार्यलय बाराले जनाएको छ । उपचारमाकतिपयको अवस्थागम्भिर भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । चितवनबाट विरगञ्जकालागि हिँडेको ०६–००१ ख ०११० नम्बरकोबस नारायणगढबाट पथलैयातर्फ आउँदै गर्दा दुर्घटना भएको थियो । प्रारम्भिक अनुसन्धानले अत्यन्तै द्रुत गतिमा गुडाएका कारण बस दुर्घटनामा परेकोजनाएको छ ।

विहिवार नै रौतहटको चन्द्रपुर चार लच्कानजिकजिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीस्थित धनगढी–बेलौरी हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदादुई जनाको मृत्यु भएको छ ।विहिवार नै संखुवासभाको पाँचखपनगाउँपालिकामाबोलेरो दुर्घटना हुँदा ३ जना घाइते भएका छन । यी त केहि उदाहरण हुन् ।

असोज १५ गते यतामात्र ३ सय ५६ वटा सवारी दुर्घटना भएका छन । सवारी दुर्घटनामा परी ५४ जना सर्वसाधरणको मुत्यु भईसकेको प्रहरी प्रधानकार्यलयले जनाएको छ । सवारी दुर्घटनाकोमुख्य कारण असुरक्षित सडक,चालककोलापारवाहिहुने गरेको प्रहरीको भनाई छ ।

सवारी दुर्घटना साथै निरन्तर वर्षातका कारण देशैभर जनजीवनप्रभावित बनेको छ । दुर्घटना बाढी पहिरो र डुवानका कारण सर्वसाधरणको दशै दशा बनेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बगरपुरको बबई नदीको किनारमातीनशव फेला परेको प्रहरी जनाएको छ ।

अविरल वर्षाका कारण बाँकेमाचार गाउँ डुवानमा परेको छ भने ८० घर विस्थापितभएको छ । राप्तीनदी र डुडुवा खोलामाआएको बाढी गाउँमा पस्दा डुडुवा गाउँपालिकाकाचार गाउँ डुबानमा परेको प्रहरीले जनाएको छ । निरन्तरको भारी वर्षा र सवारी दुर्घटनाका कारण दशैको मुखमाधेरै सर्वसाधरण विपत्तिको सामनागर्न बाध्यभएका छन । सुख साटासाट गर्नुपर्ने दसैमादुःख साट्न बाध्य छन । दसै धेरैका लागिदशा बनेको छ।

मौसम पूर्वानुमानमहाशाखाकाअनुसार भोलिबाट मौसम केहि सुध्रिने जनाएको छ । दशै अझै केहि दिनबाँकी छ । यो समयमायात्रागर्नैपर्ने बाध्यतामा सार्वसाधारण रहेका छन् । त्यसैले आफ् र आफनो सुरक्षितयात्रकालागि सर्वसाधरण आफै पनिसचेत र सजगहुन जरुरी छ ।