देश

असन्तुष्टिकाबीच गठबन्धनको बैठक सम्पन्न


काठमाडौँ— सिट बाँडफाँटमा असन्तुष्टिकैबीच सत्ता गठबन्धनबीच सोमबार पनि छलफल भएको छ । दसैका बेलापनि दलहरु सहमतिको प्रयास स्वरुप बालुवाटारमा छलफलमा जुटेका हुन् ।

लामो समयदेखि सिट बाँडबाटबारे छलफल गरिरहेको भए पनि अझैसम्म पनि टुंगो लाग्न सकेको छैन । सिट बाँडफाँटको टुङ्गो लगाउन पाँच दलीय गठबन्धनको बैठक लगातार बसिरहेको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सिट बाँडफाँटकै विषयमा छलफल गरेका छन् ।

जनता समाजवादी पार्टीले अन्य राजनीतिक दलहरूसँग पनि चुनावी तालमेल खुला गर्ने निर्णय यसअघि नै गरिसकेको छ । जसपाले सिट बाँडफाँटमा असन्तुष्टि जनाएको छ ।