Breaking

अलमुताइरी नेपाल फर्कनका लागि सकरात्मक


काठमाडौं — नेपाली फुटबलका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्कनका लागि सकरात्मक रहेको एन्फाले जनाएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०को नयाँ कार्यसमिति चयन भएसँगै प्रशिक्षक अलमुताइरी नेपाल फर्कने नफर्कने अन्योलि थियो । पछिल्लो समय निकै विवादमा रहेका प्रशिक्षक अलमुताइरीको एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसँगको सम्बन्ध सुमधुर छैन ।

जतिबेला नेम्वाङ वरिष्ठ उपाध्यक्ष थिए, त्यतिबेला अलमुताइरले नेम्वाङले आफूलाई काम गर्न नदिएको आरोप लगाएका थिए । नेम्वाङमा अध्यक्षमा चयन भएपछि पनि अलमुताइरीले नेपाल फर्कन सकरात्मक रहेको बताएका छन् । ‘उहाँ अहिले स्वास्थ्य परीक्षणका क्रममा कुवेतमा हुनुहुन्छ, एन्फा महासचिव किरण राईले भने, उहाँसँग छलफल हुन बाँकी रहे पनि स्वास्थ्य परीक्षण सकेर नेपाल फर्कने बताउनुभएको छ । प्रशिक्षक अलमुताइरीले पनि शनिबार सामाजिक सञ्जालमा नेपाली टिमसँगको फोटो हाल्दै ‘अर्को लक्ष्य, विश्वकप २०२६ र एसियन कप २०२७ लेखेका छन् ।