Breaking

अर्थ सचिवमा पोखरेललाई ल्याउने सरकारको तयारी


काठमाडौँ — आज बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ अर्थसचिव नियुक्त गर्ने भएको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा नयाँ अर्थमन्त्रीको नियुक्ति हुने स्रोतको दाबी छ ।

हिजो बसेको सत्ता गठबन्धनको बैठकमा अर्थ सचिवमा उद्योग सचिव अर्जुनप्रसाद पोखरेललाई ल्याउने सहमति जुटेको पनि स्रोतको दाबी छ । त्यही अनुसार पोखरेललाई उद्योगबाट अर्थमा सरुवाको तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि सचिव खाली छ ।

पर्यटन मन्त्रालयका महेश्वर न्यौपाने गतसाता अवकाशमा गएपछि उक्त मन्त्रालयमा पनि सचिव पद खाली भएको हो । अर्थ मन्त्रालयका सचिव मधु मरासिनी पनि अर्थमन्त्री जनार्दन शर्मा पुनः नियुक्त भएपछि मन्त्रालयमा हाजिर भएका छैनन् ।

मरासिनीले शर्मालाई पछिल्लो समय असहयोग गरेका कारण मन्त्रालय जान नमानेको र प्रधानमन्त्री कार्यालयमा सरुवा मागेर बसेका छन् । अर्थ मन्त्रालयका अनुसार मरासिनी गत आइतवारदेखि नै घर बिदामा छन् ।