अर्थनीति

अर्थमन्त्रीका कारण मूल्य वृद्धिले जनताको ढाड सेक्यो, जनतादेखि निजी क्षेत्रसम्म रुष्ट (भिडियोसहित)


यतिवेला मुलुकको अर्थतन्त्र चरम संकटमा छ । सवै जसो सुचक नकारात्मक छन । मुल्य वृद्धि पाँच वर्ष यताकै उच्च छ । निजीक्षेत्र समेत खुशि छैन । तर अर्थमन्त्री भने गैरजिम्वेवार अभिव्यक्ती दिइरहेका छन ।

यो भनाई हो अर्थतन्त्रको बागडोर समालेका मन्त्री जनार्दन शर्माको । उनी यति सम्म गैरजिम्वेवारी हुन्छन भनेर जनताले परिकल्पना समेत गरेका थिएनन् । किनकी उनी उर्जामन्त्री हुदा देश लाई विजुली मार्फत उज्यालो बनाएको जनताले विर्सेका थिएनन । तर जतीवेला उनले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाले त्यस पछि क्रमस मुलुकका आर्थिक सुचक नकारात्मक हुदै गए । यति सम्म कि यतिवेलै शोधनान्तर हालसम्मकै उच्च घाटादेखि विदेशी मुद्रा सञ्चितिमा कमीसँगै रेमिट्यान्स पनि लगातार घटिरहेको छ ।

विदेशी मुद्रा सञ्चितमा कमी, व्यापार घाटा, रेमिट्यान्समा कमी, पुँजीगत खर्चमा पनि कमी देखिएको छ । त्यस्तै, विदेशी विनिमय सञ्चित पनि घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । त्यस्तै, जनताले दैनिक जीवनमा भोगेको मूल्य वृद्धि निकै भयाभह छ । आफ्नो आम्दानी र खर्च मिलान गर्न नसकेर मानिस असुरक्षित महसुस गरिरहेका छन् । आयातमा भइरहेको वृद्धि तथा खाद्यान्नमा भएको अनियन्त्रित मूल्यवृद्धिले महँगी बढाएको विश्लेषण समेत भैरहेको छ । तर अर्थमन्त्री भने गैरजिम्वेवारी अभिव्यक्ती दिइरहेका छन ।

अर्थमन्त्रीलाई आर्थिक सुचकले मात्र हैन समग्र निजी क्षेत्रले समेत घचघच्याई रहेका छन् । अर्थमन्त्रीले नीजी क्षेत्रसँग मुलुकको अर्थतन्त्रका विषयमा गरेको छलफलमा अर्थतन्त्रको महत्वपुर्ण अंग मानीने नीजि क्षेत्र रुस्ट देखियो । विदेश जाने श्रमिकले नेपालमा रेमिटेन्स नपठाए मुलुक आर्थिक रुपमा चल्न नसक्ने अवस्था सिर्जना भएको उद्योगीहरुको गुनासो थियो ।

त्यस्तै कोरोनाको कारण अझै पनि बन्द रहेका १३ प्रतिशत पर्यटन तथा लद्यु घरेलु तथा साना उद्योगका विषयमा सरकार गम्भिर नभएका कारण अर्थतन्त्र झन झन नाजुक अवस्थामा पुगेको उनीहरुको आरोप छ । कोरोना महामारी पछि मुलुकको अर्थतन्त्र विस्तारै तग्रिन थालेको भए पनि पछिल्लो समय बजारमा देखिएको तरलताको समस्याले अर्थतन्त्र ओरालो लाग्न थालेको समेत उनीहरुको गुनासो छ ।

यतिवेला नीजी क्षेत्र यति सम्म रुष्ठ छ कि अर्थमन्त्रीले आयोजना गरेकै कार्यक्रममा मन्त्रीकै सामुन्ने उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले त सरकारकै कारण उद्योगी व्यवसायीको मनोवल कमजोर बन्दै गएको आरोप लगाए । सरकारले उद्योगी व्यवसायीसँग गरेको सम्झौता अनुसार काम गर्दा बदनाम गर्न नमिल्ने अध्यक्ष अग्रवालको भनाई थियो । नीजि क्षेत्रलाई सरकारले नै बदनाम गराउँदा लगानीको वातावरण तथा वैदेशी लगानी समेत आगामी दिनमा आउन नसक्ने अध्यक्ष अग्रवालले चेतावनी दिए ।

छलफलमा उद्योगी व्यवसायीहरुले सरकारलाई व्यापारघाटा तथा शोधान्तर स्थितिलाई सन्तुलित बनाउन आयातमा छोटो समयको लागि थप कडाई गर्न सुझाव दिएका थिए । आन्तरिक उत्पादनमा ब्याजदर आयातको तुलनामा सस्तो हुनुपर्ने, पेट्रोलियम पदार्थको मूल्य भारतको मूल्य बराबर बनाउनु पर्ने सुझाव उद्योथीको थियो । तर, अर्थमन्त्रीले यि सुझवलाई कसरी लिन्छन भन्ने कुरा केहि समय मै देखिने छ । जे होस अर्थमन्त्रीले उर्जामन्त्रालय सम्हाल्दा बखतको झै काम गरुन तर मुल्यवृदिलाई प्रत्साहन गरेर जनताको ढाड सेक्ने काम नगरुन ।