Breaking

अर्थतन्त्रमा बल पुर्याउने गरी वनको सदूपयोग गर्नु पर्छ: अध्यक्ष ओली


काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पु¥याउने गरी वनको सदूपयोग गर्नुपर्नेमा जोड दिनु भएको छ । नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सदूपयोग गरेर मुलुकमा रोजगारीको अवसर सृजना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पार्नु भयो ।

सामूदायिक वन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालले सामूदायिक वनमार्फत् विश्वलाई सकारात्मक योगदान पु¥याएको पनि स्पष्ट पार्नु भयो । सामूदायिक वनको अवधारणाको माध्यामबाट नै नेपालमा वनको विनाश रोकिएको र त्यसैकारण कार्बन व्यापारको सम्भावनाको मार्ग पनि खुलेको अध्यक्ष ओलीले स्मरण गराउनु भयो ।

उहाँले भन्नु भयो, ‘विकासका लागि वन, समृद्धिका लागि वन, रोजगारीका लागि वन । वनका बहुआयाम छन । ती सबै आयाम कसरी प्राप्त गर्ने ? वनको सुरक्षा हुनुप¥यो । र, त्यसको सदूपयोग पनि हुनुप¥यो । वनबाट राष्ट्रिय अर्थतन्त्रमा समेत बल पु¥याउने कुरामा जोड दिनु पर्दछ । हाम्रो देश वनजंगलका लागि, काष्ठ, फलफूल, अन्नबाली आदिकुरा देखि लिएर वनस्पतिसम्मका लागि एकदमै अनुकूल छ । तिनीहरुका लागि आवश्यक सबै उचाईहरु हामीसँग छ ।

सामूदायिक वनमार्फत् राज्यलाई पु¥याउने योगदान, विश्वलाई पु¥याउने योगदान, सिंगो मानव जातिका लागि पु¥याउने योगदान पृथ्वीमै पु¥याउने योगदान महत्वपूर्ण छ ।’अध्यक्ष ओलीले नेपाल वन र वनस्पतीहरुका लागि अनुकूल भूमि भएको उल्लेख गर्दै यसैको सदूपयोग गरेको अघि बढदा सिंगो मानवजातिकै हित हुने धारणा पनि राख्नु भयो ।

उहाँले केही समय अघि वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाशको काम सुरु भएपनि आफू नेतृत्वको सरकारले त्यसलाई रोकेर दीगो वन व्यवस्थापनको नीति अघि सारेको बताउनु भयो ।