समाचार

अरुबाट सम्मान कसरी पाउने ?


काठमाडौँ – हरेक मानिसले आफूलाई अरुले सम्मान गरुन् भन्ने चाहन्छन् । कोही पनि अरुबाट अपमानित हुन चाहँदैन वा अरुले हेयको दृष्टिले हेरेको रुचाउँदैन ।

तर, अरुबाट सम्मान पाउन पहिले त उनीहरुको मन जित्नुपर्छ । यो सजिलो पक्कै हुँदैन । तथापि, यसका लागि हामीले कुनै ठूलै काम गर्नुपर्छ वा ठूलो सफलता हासिल गर्नुपर्छ भन्ने पनि छैन ।

अरुबाट सम्मान प्राप्त गर्नको लागि सबैभन्दा पहिले आफूले पनि अरुलाई सम्मान दिन सक्नुपर्छ । त्यसपछि आफ्नो आचरण राम्रो बनाउनुपर्छ र राम्रो व्यवहार गर्नुपर्छ । यसनिम्ति आफूभित्र केही परिवर्तन ल्याउनु आवश्यक छ ।
अरुबाट सम्मान कसरी पाउने त ? आउनुहोस् हामी तपाईंलाई केही सल्लाह दिँदैछौं ।

१. दयालु बन्नुहोस्

हरेक मानिसमा हुनुपर्ने गुण हो यो । त्यसैले तपाईं पनि सँधै दयालु बन्नुहोस र दुखमा परेका मानिसहरुको मद्धत गर्ने कोशिस गर्नुहोस् ।

छरछिमेकका मानिसहरु तथा कार्यालयमा आफ्ना सहकर्मीहरुलाई आफूले सकेकोरजानेको मद्दत गर्नुहोस् । यसरी अरुलाई सहयोग गर्ने बानीबाट तपाईंले उनीहरुको सम्मान पाउन सक्नुहुन्छ ।

२. अरुलाई सम्मान दिनुहोस्

आफूले सम्मान प्राप्त गर्नको लागि अरुलाई पनि सम्मान दिनु आवश्यक हुन्छ । आफूभन्दा सानालाई माया र ठूलालाई आदर गर्नु हाम्रो संस्कारको एक हिस्सा पनि हो ।

त्यसैले अरु मानिसहरुलाई सम्मान गर्न सिक्नुहोस् ताकि उनीहरुले पनि तपाईंलाई सम्मानको दृष्टिले हेरुन ।

३. कुरा राम्रोसँग सुन्नुहोस्

जब तपाईं मानिसहरुको कुरा ध्यानसँग सुन्नुहुन्छ त्यतिखेरमात्रै उनीहरुको नजरमा तपाईं प्रतिको सम्मान बढ्छ । आफ्नो वरिपरिका मानिसहरुलाई राम्रोसँग सुन्नुहोस् र राम्रोसँग बोल्नुहोस् ।

बोल्दा सामान्य शिष्टाचारको ख्याल गर्नुहोस् र राम्रो व्यवहार प्रदर्शन गर्नुहोस् । तपाईंको राम्रो आचरणले नै उनीहरु तपाईंप्रति आकषिर्त हुन्छन् र तपाईंलाई पनि उनीहरुले सम्मानभाव प्रकट गर्छन् ।

४. सामाजिक बन्नुहोस

अहिलेका धेरै मानिसहरु स्वार्थी छन् । उनीहरु तीनै मानिसहरुसँग कुराकानी गर्छन् र उनीहरुलाई मात्रै सम्मान गर्छन् जो उनीहरुको काममा आउन सक्छन् । त्यसैले आफ्नो जनसम्पर्कलाई राम्रो बनाउनुहोस् र सामाजिक बन्नुहोस् ।

उनीहरुको काममा आउनुहोस् र परेको बेलामा सहयोग गर्नुहोस् ताकि उनीहरुले तपाईंलाई सँधै सम्झिनेछन् र सम्मान गर्नेछन् ।

५. नरिसाउनुहोस्

जब तपाईं कोही मानिसहरुसँग बिनाकारण बारम्बार रिसाउनुहुन्छ र क्रोधित बन्नुहुन्छ भने उनीहरुले तपाईंसँग दुरी बनाउँछन् ।

त्यसैले खुसी रहनुहोस् र उनीहरुसँग हाँसेर कुरा गर्नुहोस् । मानिसहरुसँग रिसाउनुको सट्टा उनीहरुसँग प्रेम गर्नुहोस्, त्यसपछि मात्रै अरुले तपाईंलाई सम्मान गर्छन् ।