विदेश

अमेरिकामा मावनको जस्तै दाँत भएको अश्चर्यजनक माछा फेला


काठमाडौँ – अमेरिकामा एक आश्चर्यजनक माछाको प्रजाति फेला परेको छ । नर्थ क्यारोलिनामा मानवको जस्तै दाँत भएको एउटा दुर्लभ माछा फेला परेको हो ।

जेनेट पियरले नाम गरेकी एक फेसबुक प्रयोगकर्ता सो माछाको तस्वीर पोस्ट गरेपछि एकाएक भाईरल बनेको थियो । यसपछि विज्ञहरुले यो ‘सीप्सहेड’ प्रजाति भएको पहिचान गरेका छन् । यसको मुख भेडाको जस्तै भएकाले यसलाई सिप्सहेडको नाम दिइएको छ ।

ह्यासट्यागसहित पोस्ट गरिएको यसको तस्बिरबारे सामाजिक संजालमा अधिक चर्चा चलेको छ । कति प्रयोगकर्ताले सो माछाको दाँत आफ्नो भन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् भने कतिले यसलाई कार्टुनको पात्र असली हुनेसँग पनि जोडेका छन् ।