राजनीति

अभिनेता शाही कांग्रेसमा प्रवेश


काठमाडौँ — नेपाली चलचित्रका अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार बिहान एक कार्यक्रमबीच उनी कांग्रेसमा प्रवेश गरेका हुन् ।

मन्त्री निवास पुल्चोकमा आयोजित कार्यक्रममा उनलाई गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाँणले पार्टीमा स्वागत गरे । खाँणले उनलाई तरुण दलको सदस्यताको पत्र पनि दिए ।

लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर आफू यसमा प्रवेश गरेको अभिनेता शाहीले बताए । उनले कांग्रेस कलाकारको सम्मान गर्ने पार्टी भएको समेत बताए ।

उनले आफू युवा भएकाले तरुण दलमार्फत युवाका पक्षमा काम गर्न चाहेको उल्लेख गरे ।