समाचार

अब मापसे ‘चेकिङ’ नहुने


काठमाडौँ — काठमाडौँ उपत्यकामा विशेष परिस्थितीबाहेक मापद पदार्थ सेवन ‘मापसे’ परीक्षण रोकिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि थप जोखिम बढ्नसक्ने भन्दै तत्कालका लागि मापसे परीक्षण रोकिएको हो ।

यसअघि पनि कोरोना लहरमा मापसे चेकिङ रोकिएको थियो । महाशाखाले दैनिक दर्जनौं स्थानमा मापसे चेकिङ गर्दै आएको थियो । पछिल्लो समय उपत्यकामा संक्रमण बढ्दै गएको छ । उपत्यकामा कार्यरत ७० भन्दाबढी ट्राफिक प्रहरीमा समेत कोरोना संक्रमण देखिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

“मापसे जाँचै नगर्ने भन्ने होइन । जोखिम बढेकाले पहिलेजस्तो हुँदैन । सुरक्षा जोखिम देखिएमा भने जाँच हुन्छ । आम नागरिक आफैं पनि जिम्मेवार हुन जरुरी छ ।”

महामारीको न्यूनीकरणमा सबै जिम्मेवार हुनुपर्ने बताए । अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन पनि महाशाखाको आग्रह छ ।

महाशाखाले पछिल्लो समय यातायतमा लागु भएको जोर–बिजोर प्रणालीमा पनि निगरानी गरिरहेको छ । नियम उल्ङ्घन गर्नेलाई जरिबानाभन्दा पनि सम्झाई बुझाई छाड्ने गरेको उनले बताए ।

प्रशासनले तोकेका सवारी साधन भने निर्वाध रुपमा सञ्चालन भइरहेको एसएसपी जोशीको भनाइ छ ।