कोरोना विशेष

अब पाँचदिन मात्रै क्वारेन्टिनमा बसे हुने


काठमाडौँ – सरकारले अब कोभिड लक्षण देखिएको पाँच दिनमात्रै क्वारेन्टिनमा बसे हुने बताएको छ ।

“सरकारले जारी गरेको आदेशमा पाँच दिन क्वारेन्टिनमा बसे हुने व्यवस्था गरेको छ ।

“जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड १९ को चिह्न वा लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिनमा बस्ने र पाँच दिनपछि कोभिड १९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्रै काममा आउने,” आदेशमा भनिएको छ ।