बिजनेस

अब उपत्यकामा बैंकका सबै शाखा खुल्ने


काठमाडौँ – नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकामा संख्या नै तोकर बैंकहरुलाई शाखा खोल्न दिएको निर्देशन खारेज गरेको छ । केन्द्रीय बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई स्वास्थ्यका मापदण्ड पालना गरी ग्राहकको चाप अनुसार शाखा खोल्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले यसअघि जेठ १९ मा सूचना जारी गर्दै वाणिज्य बैंकले काठमाडौं उपत्यकामा ६ शाखा विकास बैंकले ४ र वित्त कम्पनीले २ शाखाबाट मात्रै सेवा प्रवाह गर्न निर्देशन दिएको थियो । तर, अब ग्राहकको चापलाई मध्यनजर गरी शाखा खोलेर सकेसम्म कम कर्मचारीबाट बैंकिङका सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।