राजनीति

अध्यक्ष मण्डलको बैठक सुरु


काठमाडौँ – चितवनको सौराहमा जारी नेकपा (एमाले) को १०औं महाधिवेशनमा अध्यक्ष मण्डलको बैठक सुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलमा पुगेपछि बैठक सुरु भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

कमिटीको नाम प्रस्ताव गर्ने सर्वाधिकार पाएका ओलीले बन्दसत्र रोकेर दिनभर नेताहरुसँग छलफल गरेका थिए ।

नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यहरुको सूची तयार पारेका थिए ।