Breaking

अध्यक्ष ओली र अभिनेत्री रेखा थापाबीच भेटवार्ता


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापाबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा बुधबार भएको भेटमा राप्रपा महामन्त्री कुन्ती शाही पनि उपस्थित थिइन् । भेटबारे अनलाइनखबरसँग कुरा गर्दै रेखाले समसामयिक राजनीति र चुनावबारे ओलीसँग छलफल भएको बताइन् ।

‘समग्रमा देश र अहिलेको राजनीतिक अवस्थाबारे पार्टीगत कुराकानी भयो रेखाले भनिन्, राजनीतिमा छोरीहरुको अवस्थाबारे पनि छलफल भयो । उहाँ अभिभावकजस्तै हो नि त । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने सम्भावनाको पृष्ठभूमिमा ओलीसँग रेखा र कुन्तीले भेट गरेका छन् । यसबारे पनि कुराकानी भएको रेखाले बताइन् ।