राजनीति

अध्यक्षमा पुन: ओली निर्वाचित : रावलले हार्दा योगश, अष्टलक्ष्मी र गोकर्णले कसरी जिते ? रावललाई आफ्नै १० भाईको धोका !


काठमाडौँ — नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा पुनः निर्वाचित भएका छन् । प्रतिस्पर्धी भीम रावललाई १ हजार ६ सय १७मतान्तरले पराजित गर्दै ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीको विपक्षमा रहेका सबै उम्मेद्वारी पराजित भएका छन् । एक रिपोर्ट ।

एमालेमा नयाँ नेतृत्व चयनका लागि मंसिर १० देखि चितवनमा सुरु भएको १०औं राष्ट्रिय महाधिवेशन अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गर्दै सकिएको छ । तर ओलीले चाहेँ जस्तो निर्विकल्प वा सर्वसम्मतिमार्फत पदाधिकारी चयन हुन् सकेन ।अध्यक्षमा सर्वसम्मत हुन नसकेपछि उपाध्यक्ष र सचिव जस्ता पदाधिकारीमा समेत मतदान गर्नुपरेको छ ।

मंगलबार बिहान चार बजेदेखि सुरु भएको मतदानको परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले एक हजार ८ सय ३७ मत ल्याउँदै निर्वाचित भए । उनको प्रतिपस्र्धी डा. भीम रावलले २ सय २३ मत प्राप्त गरे । ओली र रावलबीचको मतान्तर एक हजार ६ सय १४ रहेको छ ।

उपाध्यक्षमा भने अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याइन् । उनले एक हजार ८० मत प्राप्त गरिन् । सुरेन्द्र पाण्डेले एक हजार ९ सय २९ मत ल्याएर उपाध्यक्ष जिते । सुवास नेम्बाङले एक हजार ८ सय ६९ मत ल्याउँदा विष्णु पौडेलले एक हजार ८ सय ५९ ल्याए उपाध्यक्षमा निर्वाचित भए ।युवराज ज्ञवालीले एक हजार ८ सय ४६ र रामबहादुर थापाले सात जना उपाध्यक्षमध्ये सबैभन्दा कम एक हजार ७ सय ७१ मत ल्याएर निर्वाचित भए । उपाध्यक्षमा एकमात्र व्यक्ति पराजित भए ती हुन् ओलीविरुद्ध उभिएका घनश्याम भुसाल । भुसाल एकतिहाइ अर्थात ७ सय २६ मत ल्याएका छन् ।

सचिवमा समेत उस्तै परिणाम आएको छ । असन्तुष्ट १० मध्येका गोकर्ण विष्टले सर्वाधिक मत ल्याएर विजयी भएका छन् । एक हजार ९ सय ७८ मतका साथ विष्ट विजयी हुँदा योगेश भट्टराई एक हजार ९ सय ६४ मत ल्याएर सचिवमा निर्वाचित भएका छन् ।पूर्वमाओवादी पृष्ठभूमिका टोपबहादुर रायमाझीले सचिवमाएक हजार ८ सय ७ मत ल्याएका छन् ।

छविलाल विश्वकर्माले एक हजार ८ सय ६ र पद्मा अर्यालले एक हजार ८ सय तीन ३ मत ल्याएका छन् । लेखराज भट्टले एक हजार ७ सय ७र रघुवीर महासेठले एक हजार ५ सय ३ मत ल्याउँदै सचिव पदमा निर्वाचित भएका छन् । उनीहरुविरुद्ध लडेका भीम आचार्यले ७ सय ८९ र टंक कार्कीले ५ सय ६० मत ल्याएर हार ब्यहोरेका छन् । अन्य पदमा भने ओलीले तोकेकै पदाधिकारी विजयी भएका छन् ।

पदाधिकारीको अपेक्षासहित चितवन गएका लालबाबु पण्डित, विशाल भट्टराई, विन्दा पाण्डे, थपमाया थापा, शिवमाया तुम्वाहाङफे लगायतका नेताहरु असन्तुष्ट बनेकोछन् ।पदाधिकारी नपाएपछि महाधिवशेन नसकिँदै काठमाडौं फर्किएका लालबाबु पण्डितले केन्द्रीय सदस्य पनि अस्वीकार गरेका छन्।

एमालेको पदाधिकारी र केन्द्रीय कमिटीमा ओलीका बफादार जति विजयी भएका छन् । आलोचकहरुलाई सहमति र निर्वाचन दुबैमाध्यमबाट पदविहिन पारिएको छ । भीम रावलसहितको १० बुँदे पक्षधरका नेताहरुमध्येओलीविरुद्ध गएका पराजित र ओलीको बफादार बनेर चुपचाप बसेकाहरु सर्वाधिक मतका साथ विजयी भएका छन् ।