Breaking

अछामको तुर्माखाँदको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित


काठमाडौँ — अछामको तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डम्बरबहादुर बिसी निर्वाचित भएका छन् । उनले ३ हजार ५२३ मत पाएका छन् ।

उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका कर्णबहादुर बुढाले ३ हजार ४९३ मत पाएका छन् । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका मन बहादुर वयकले ३ हजार ९१ मत पाएका छन् ।

उपाध्यक्षमा एमालेकै विमलाकुमारी शाही निर्वाचित भएकी छन् । उनले ३ हजार ५०१ मत पाएकी हुन् । उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसकी अनुजाकुमारी सिंजापतीले ३ हजार ४५२ मत पाएकी छन् । तेस्रो स्थानमा रहेकी राप्रपाकी धर्माकुमारी बुढाले ३८ मत पाएकी छन् ।