समाचार

अखाद्य मह भेटिएपछि देशैभरका मह उद्योग निगरानीमा


काठमाडौँ — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशैभरका मह उद्योग निगरानीमा राखेको छ । बजारमा बिक्री भइरहेको महको गुणस्तर परीक्षण विभागले सुरु गरेको छ । मिसावट भएका मह बजारमा बिक्री वितरण हुन थालेपछि विभागले आइतबार मातहतका सबै कार्यालयहरुलाई परित्रप जारी गर्दै अनुगमन र गुणस्तर परीक्षण गर्न निर्देशन दिएको हो ।

बजारमा बिक्री भइरहेका सबै प्रकारका मह परीक्षण गरेर १० दिनभित्रमा विभागमा प्रतिवेदन पठाउन मातहतका कार्यालयहरुलाई निर्देशन गरिएको प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।