Breaking

४ हजार ५२२ मा कोरोना संक्रमण पुष्टि, ४१ जनाको मृत्यु


काठमाडौँ – २४ घण्टामा देशभर ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १६ हजार ९१३ परीक्षणमा १२ हजार २०४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ७०३ र ४ हजार ७०९ एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ हजार ९५४ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४१ जनाको मृत्यु भएको छ ।