Breaking

२ हजार ४७४ मा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु


काठमाडौँ – २४ घण्टामा देशभर २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १२ हजार २३२ परीक्षणमा ७ हजार १३५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ९९७ एन्टिजेन परीक्षणमा ८९७ जना गरी २ हजार ४७४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ हजार ५१८ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २४ जनाको मृत्यु भएको छ ।