Breaking

२४ घण्टामा ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ६१० पुगेको छ ।  हाल देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेका छन् ।