Breaking

२४ घण्टामा २ हजार ५ सय ६८ जनामा संक्रमण पुष्टि


काठमाडौँ –पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ६३६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ जना र एन्टिजेन विधिबाट ५८७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ९ हजार ८७५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १।५ प्रतिशत रहेको छ । अवधिमा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कूल संक्रमितमध्ये ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।