Breaking

२४ घण्टामा थप ५२७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ५२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ८४८ जनामा पीसीआर परीक्षण गर्दा ५२७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२५०७ जनामा एन्टिजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण देखिएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ११ हजार ४०७ पुगेको छ । २४ घण्टामा ६६४ जना निको भएका छन् । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरूको संख्या ७ लाख ८९ हजार ७८९ पुगेको छ ।

२४ घण्टामा २ जनाको मृत्यु भएको छ । कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ ।