देश

२२ हजार नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ


काठमाडौँ – दुई भारतीय नागरिक २२ हजार नक्कली नेपाली नोटसहित महोत्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिहार राज्यको मनपौर ग्राम पञ्चायत बस्ने २१ वर्षीय पिन्टुकुमार राय र अर्का एक बालक पक्राउ रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

उनीहरुलाई औरही बजारबाट पसलमा कारोबार गरिरहेको अवस्थामा सोधपुछ गर्दा वी आर ३० भी ९४८७ नम्बरको स्कुटीमा नक्कली नोट फेला परेको प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले बताउनुभयो । उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।