देश

१० भन्दा बढी कैद सजाय तोकिएका अभियुक्त पक्राउ


काठमाडौँ – लागु औषध मुद्दामा १० वर्ष एक महिना कैद सजाय तोकिएका फरार इन्द्रिजीत बिनलाई प्रहरीले पक्राउ गरेको छ । प्रतापपुर गाउँपालिका–३ सोमनी घर भएका २२ वर्षीय बिनलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

बिनलाई २०७५ जेठमा नवलपरासी जिल्ला अदालतले १० वर्ष १ महिना ८ दिन कैद र १ लाख जरिवाना हुने फैसला सुनाएको थियो । नवलपरासी (पूर्व)को बिनयत्रिवेणी गाउँपालिकाबाट पक्राउ परेका उनी ३ वर्षदेखि फरार थिए । अभियुक्तलाई आइतबार जिल्ला अदालत नवलपरासीमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।