करको दर बढ्दा नेपालमा इन्टरनेट महँगियो, नेपाल टेलिकम भन्छ, खासै महँगो होइन
योहो संवाददाता
- today2021-02-18 14:53:50
काठमाडौँ – सरकारले बढी कर लगाउँदा नेपालको इन्टरनेट सेवा महँगो हुन पुगेको सरोकारवालाहरुले गुनासो गरेका छन् । इन्टरनेट अत्यावश्यक सेवाको सूचीमा पर्ने भएपनि सरकारले धेरै कर लगाउँदा सर्वसुलभ हुन नसकेको उनीहरुको ठम्याई छ ।
सरोकारवालाले नेपालमा सरकारले लगाउने करका कारण इन्टरनेटको शुल्क महँगो भएको बताएका छन् । उनीहरू अत्यावश्यक सेवाको सूचीमा परे पनि सरकारले धेरै कर लगाउँदा इन्टरनेट सर्वसुलभ हुन नसकेको दाबी गर्छन् । पूर्वाधार कम्पनी खोलेर इन्टरनेट सर्वसुलभ बनाउन सकिने उनीहरूको भनाइ छ ।
सरकारी अधिकारी भने इन्टरनेट सेवा महँगो भएको गुनासो उपभोक्ताबाट नआएको दाबी गर्छन् । नेपाल टेलिकम पनि नेपालको इन्टरनेट खासै महँगो नभएको दाबी गर्छ । नेपाल दूरसञ्चार प्राधिकरण भने कार्यक्रममा इन्टरनेटको लागत वार्षिक प्रतिव्यक्ति आयको ५ प्रतिशतमा झार्न प्रयास गरिरहेको बताउँछ ।
व्यवसायीहरु प्राधिकरणले आप्mनो पोल र ओपीजीडब्लु केवलको भाडा दर बढाउ“दा ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारमा समस्या भएको बताउँछन् । इन्टरनेटको कर घटाए र पूर्वाधार प्रयोगको भाडादर कम गरे मात्र इन्टरनेट सेवा सबैको पहुँचमा पु¥याउन सकिने उनीहरूको भनाइ छ ।