Breaking

सरकार गठनको बाटो खोल्न प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह


काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकमा राजीनामा दिएर अर्को सरकार गठनको बाटो खोल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथि प्रतिनिधिसिभामा बोल्दै दाहालले उक्त सुझाव दिएका हुन् । ‘अहिले पनि राजीनामा दिएर अर्को सरकार गठनको बाटो क्लियर गर्नु लोकतान्त्रिक मूल्य, मान्यता र भावना अनुरुप हुन्छ भन्ने सुझाव दिन चाहन्छु,’ ।