शेर्पा सञ्चार ओखलढुंगाले आयोजना गरेको १२ दिने नेपाली तथा शेर्पा भाषा उद्घोषण तालिम सम्पन्न
योहो संवाददाता
- today2021-01-09 07:03:17
काठमाडौँ - शेर्पा सञ्चार समूह नेपाल ओखलढुंगाले आयोजना गरेको १२ दिने नेपाली तथा शेर्पा भाषा उद्घोषण तालिम सम्पन्न भएको छ । खिजिदेम्बा गाँउपालिका प्रमुख वेद बहादुर रोक्काको प्रमुख आतिथ्यमा तथा शेर्पा संञ्चार समुह नेपालका केन्द्रिय अध्यक्ष निम्लेकी शेर्पा, महासचिव पासाङ शेर्पा वरिष्ठ गायक तथा समाजसेवी गोम्बु को आतिथ्यमा सम्पन्न भएको हो ।
खिजिदिम्बा गाँउपालिका वाड न. ५ मा पुस ११ देखि २२ गते सम्म संचालन भएको तालिममा ४६ जना प्रशिक्षार्थी सहभागी भएका थिए । उक्त तालिमको प्रशिक्षक भने शेर्पा समुदायका लेखक तथा शेर्पा भाषा विज्ञ सेर्कु शेर्पा रहेका थिए ।
शेर्पा सञ्चार समुह नेपाल केन्द्रिय काठमाडौँ र शेर्पा संञ्चार समुह नेपाल ओखलढुंगाको समन्वयनमा जिल्लामा दोस्रो पहिलो पटक शेर्पा समुदायलाई लक्षित गरि उद्घोषण तथा भाषण कलाको तालिम राखिएको हो । कार्यक्रममा गाँउपालिका प्रमुख वेद बहादुर रोक्काले बोल्दै शेर्पा सञ्चारले अत्यन्तै राम्रो कामको थालनी गरेको र आगामी दिनहरुमा पनि शेर्पा सञ्चार समुह नेपालले गरेको हरेक कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
त्यस्तै अतिथि शेर्पा संञ्चार समुह नेपालका केन्द्रिय अध्यक्ष निम्लेकी शेर्पाले पनि खुसी हुँदै आगामी दिनमा जिल्लाले गर्ने हरेक कृयाकलापमा केन्द्रिय संञ्चार समुह सहयोग गर्नका लागि पछि नहट्ने र कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो । उत्त कार्यक्रम भने शेर्पा सञ्चार समुह नेपाल ओखलढुंगाका अध्यक्ष ङावाङ नुरी शेर्पाले समापन गरेका थिए ।