977news
१८ फाल्गुन २०७७,मंगलबार
  • 977news
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    • menu
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    1. होमपेज
    2. समाज

    सर्लाहीमा शीतलहरको मार, कहाँ छ सरकार ?

    • योहो संवाददाता
    • today2021-01-16 14:12:50

    काठमाडौँ -  अचानक बढेकोचिसोले तराई–मधेसको जनजीवन अस्तव्यस्त बनेको छ । तीन–चार दिनदेखि मौसममा एक्कासी परिर्वतन आएर चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको हो । चिसो हावा र बाक्लो हुस्सुले दैनिक ज्यालादारी गर्ने देखि बालबालिका , जेष्ठ नागरिक र बिरामीहरुलाई अत्यधिक समस्या भएको छ ।

    शीतलहरका कारण केही दिनयता तराई–मधेशको जनजीवन प्रभावित भएको छ । बजार तथा ग्रामीण क्षेत्रमा मानिसको चहलपहल घट्न थालेको छ । सर्लाहीको मलंगवामा सर्वसाधारण चिसो छल्न चोक चोकमा आगो बालेर बसेका छन् । पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग तथा सहायक सडकमा बाक्लो हुस्सु र कुहिरो लागेपछि सडकमा हिँड्न र सवारी चलाउन समस्या हुन थालेको छ  । यहाँका ग्रामीण तथा दलित बस्तीमा चिसोको प्रभाव बढी देखिएको छ । सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ ।

    शीतलहरले प्रभावित भएकाका लागि हालसम्म स्थानीय तह वा विपद् व्यवस्थापन समितिले कुनै विशेष प्रबन्ध गरेको छैन । अघिल्ला वर्षहरुमा स्थानीय तहले सार्वजनिक ठाउँमा आगो ताप्नका लागि दाउरा वितरण गर्दै आए पनि यो ध्यान नदिएको स्थानीय बासिन्दाको गुनासो छ । 

    मलंगवा नगरपालिकाकी उपप्रमुख शान्ति सबनम मिकरानी भने विपन्न परिवारलाई चिसो बाट जोगाउन नगरपालिकाले व्यवस्थ ागर्ने बताउँछिन् । जिल्ला बन कार्यालय सँग समन्वय सार्वजनिक स्थलमादाउरा राखेर आगो ताप्ने व्यवस्था मिलाएको उनको भनाइ छ ।

    स्थानीय बासिन्दा भने शीतलहरका  कारण वर्षेनि धेरै मानिसले ज्यान गुमाउँदा पनि सरकारले चासो नदेखाएको आरोप लगाउँछन् । देशमा तीन तहका सरकार हुँदा पनि आफूहरू चिसोकै कारण ज्यान गुमाउनुपर्ने नियति भोगिरहनुपरेको उनीहरूको गुनासो छ ।

     

    banner

    ताजा सूचना

    • विप्लव समुहसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा समिति गठन
    • ताप्लेजुङको दोभान बजारमा आगलागी : करिब ४० घर जलेर नष्ट
    • ह्वात्तै घट्यो सुनको भाउ
    • योहो टेलिभिजनमा रिपोर्ट बजेपछि पीडितलाई सहयोग गर्ने भेटिए
    • फेरि संसद विघटन हुन लागे कांग्रेसले सरकारको नेतृत्व गर्छ : महेश आचार्य (भिडियोसहित)

    Download Yoho Khabar App

    977news
    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • कार्यालयको सम्पर्क नम्बर ०१–४४८७७२८

    Yoho Televison

    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • Website - www.yohotelevision.com

    मनोरञ्जन

    • ब्लोअप
    • गसिप
    • बलिउड / हलिउड
    • भिडियो
    • ताजा समाचार

    विविध

    • विचार/ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
    • रोचक विश्व
    • राम्रो नेपाल
    • हाम्रोबारे
    • प्रयोगका सर्त
    • विज्ञापन
    • Privacy Policy
    • सम्पर्क

    © 2020 योहोखबर design by SunBi