ट्राफिक प्रहरीको चेकिङका क्रममा नखिपोट बस्ने २३ वर्षीया सिर्जना राईको मृत्यु
योहो संवाददाता
- today2021-02-23 05:12:45
काठमाडौँ - ललितपुरको जावलाखेलस्थित नेपाल टेलिकमको कार्यालय अगाडि सोमबार दिउँसो ट्राफिक प्रहरीको चेकिङका क्रममा प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरमा सवार सिर्जना राई को मृत्यु भएको छ ।
प्रत्यक्षदर्शीका अनुसार त्यहाँ उभिएका ट्राफिक प्रहरीले पछाडिबाट स्कुटर तानेर रोक्ने कोशिस गरेपछि स्कुटर अनियन्त्रित भएर र चालक उदयपुर घर भइ नखिपोट बस्ने २३ वर्षीया सिर्जना राई दायाँतिर लडेकि थिइन ।
त्यहीबेला भैंसीपाटी जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसको चक्कामा उनी परिन् र गम्भीर घाइते भइन् । लगत्तै उद्दार गरेर अल्का अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषित गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
ट्राफिक प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।