देशीको खाएर विदेशीकै लागि सोच्नेले पृथ्वीनारायण शाहलाई सधै सराप्छन्’ (भिडियोसहित)
योहो संवाददाता
- today2021-01-12 01:57:01
काठमाडौँ - विदेशी नेताको तस्बीर र शालिकमा माल्यार्पण गर्न अप्ठ्यारो नमान्ने केही नेपालीहरुको हात त्यतिबेला काम्छन् जब उनीहरुले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुपर्ने हुन्छ । यसपटक त राष्ट्रपतिकै हात काम्यो । कम्युनिष्ट पार्टीबाट राष्ट्रपति हुनु भएकी विद्यादेवी भण्डारी राष्ट्रनिर्माता प्रति श्रद्धा सुमन अर्पण गर्न दुई वर्षअघि आफैं सिंहदरबारको पश्चिम गेटस्थित पृथ्वीनारायाण शाहको शालिक स्थल पुग्नु भएको थियो । तर यसपटक एउटा विज्ञप्ति जारी गरेर राष्ट्रपति कार्यालयले पृथ्वीनारायण शाहलाई सम्झियो ।
‘सडकमा राजा आउ देश बचाउ’को नारा छिटफुट के लागेको थियो, गणतन्त्रवादी नेताहरु ढलौटबाट बनेका राजाका शालिकसँगै डराउन थालेको जस्तो देखिन थालेको छ । राष्ट्रनिर्माताको स्मरण गर्नु राजावादीको मात्रै ठेक्का हो कि ? समस्त नेपालले गर्व गर्ने विषय हो ? थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।