Breaking

सत्तारूढ गठबन्धनले संविधानको धारा १८१ पटक–पटक उल्लंघन गरेको ओलीको आरोप


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले संविधानको धारा १८१ पटक–पटक उल्लंघन गरेको आरोप लगाउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त व्यवस्थाअनुसार राष्ट्रपतिसँग विधेयकबारे कुनै परामर्श नगरेको आरोप पनि लगाउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचार गर्न पठाउँदा गठबन्धनले मसलको भाषा बोलेको अध्यक्ष ओलीको आरोप छ । गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठानेको भन्दै ओलीले मंसिर ४ गते निर्वाचनमा जनताले हिसाब किताब गर्ने दाबी गर्नुभयो ।