मौसम

शक्तिशाली चक्रवात असर नेपालमा


काठमाडौँ – बंगालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवातको असर नेपालमा पनि सुरु भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुासर आज (मंगलबार) बिहानैदेखि यासको आंशिक प्रभाव सुरु भएको हो ।

जसका कारण आज (मंगलबार) बिहानैदेखि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ। देशका बाँकी प्रदेशमा भने मौसम आंशिक मात्र बदली छ ।

आज दिउँसोपछि देखि देशका विभिन्न स्थानमा वर्षा र हिमपात सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात यासले नेपालमा पार्न सक्ने सम्भावना र सजगताबारे मौसम पूर्वानुमान महाशाखाले यसअघि नै विशेष मौसम बुलेटिन जारी गरेर बताइसकेको छ ।

अहिले पनि बंगालको खाडीमा आफ्नो उग्र रूप निर्माण गर्न सक्रिय रहेको चक्रवात जमिनमा नखसेसम्म यसले आसपासका क्षेत्रमा असर पु–याउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवातले प्रत्यक्ष असर नपारे पनि भारत हुँदै आउँदा अप्रत्यक्ष असर बढी देखिने भएको हो ।