विदेश

विद्रोही आक्रमणमा परी सुरक्षा गार्डको मृत्यु


काठमाडौँ – अफगानिस्तानको हेरात प्रान्तमा विद्रोहीको आक्रमणमा परि एक अफगान सुरक्षा गार्डको ज्यान गएको छ । सरकारी सेना र तालिवानी लडाकूबीच द्वन्द्व चलिरहेका बेला पश्चिमी अफगानिस्तानको हेरात प्रान्तस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अघि आक्रमण भएको हो ।

२० वर्षदेखि आफगानिस्तानमा रहेको अमेरिकी सेना स्वेदश फिर्ता हुन थालेदेखि नै गत मे महिनादेखि तालिवानी लडाकूहरुले आफ्ना सैन्य गतिविधिलाई तीव्र पारेका छन् । जसका कारण देशभर हिंसात्मक गतिविधिहरु भइरहेको बताइएको छ । तालिवानीहरुले देशका २ तिहाइ भागमा आफ्ने नियन्त्रण रहेको बताउँदै आएका छन् । तालिवानीको सशस्त्र गतिविधिका कारण हजारौं नागरिक विस्थापित भएको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले चिन्तासमेत व्यक्त गरेका छन् ।