समाचार

विद्यालयको आन्तरिक मुल्यांकनकै आधारमा एसईई परीक्षाको नतिजा सार्वजनिक


काठमाडौँ – यो वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ । आज दिउँसो राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको हो ।

बोर्डले विद्यालयले गरेको आन्तरिक मुल्यांकनलाई नै प्रमाणिकरण गर्ने काम गरेको छ । यो वर्षको एसईई परीक्षा दिन ५ लाख १७ हजारले आवेदन दिएका थिए । एसईई परीक्षाको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ ।

नेपाल टेलिकमको प्रयोगकर्ताले १६०० बाट र एनसिएल प्रयोगकर्ताले १६०० मा एसएमएस गरेर एसईईको नतिजा थाहा पाउन सकिन्छ । साथै, http://result.see.gov.np/Result बाट एसईईको नतिजा हेर्न सकिन्छ ।