Breaking

विद्यार्थीलाई छिटो खोपको व्यवस्था गर्न सरकारसँग विद्यार्थी संगठनको माग


काठमाडौँ – संयुक्त विद्यार्थी संगठनले परीक्षामा सहभागी विद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । विद्यार्थी नेताहरुले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षामा सहभागी विद्यारर्थीलाई छिटोभन्दा छिटो खोप लगाउने व्यवस्था गर्न माग गरेका हुन् ।

राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको अखिल (क्रान्तिकारी)का प्रवक्ता जीपी मैनालीले जनकारी दिनुभयो । साथै विद्यार्थी संगठनले विश्वविद्यालयले मापदण्ड पूरा गर्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा सम्पूर्ण परीक्षा केन्द्रहरुमा स्वास्थ्य मादपण्ड अपनाएर परीक्षा अगाडि बढाउन अनुरोध गर्दै सम्पूर्ण विद्यार्थीलाई परीक्षामा सहभागी हुन अनुरोध समेत गरेको छ ।