Breaking

वालेनको बढ्दै क्रेज,स्वतन्त्रको लहरले पूर्व प्रधानमन्त्रीहरुमा डर,शहरी क्षेत्रमा बढारिने चिन्ता


काठमाडौँ — राजनीतिक दलहरुको गतिविधिले बढ्दो जनआक्रोशको परिणाम अहिले युवा र स्वतन्त्रतर्फ आकर्षण बढेको छ । आफै मात्र विकल्प भएको अहंकारमा रहेका दलहरुलाई स्थानीय तहको निर्वाचनमा मार्फत मतदाताले परिवर्तन जरुरी रहेको संकेत गरिसकेका छन ।जसले नेताहरुमा केहि भय देखिए छ । तर उनीहरु अझै पनि सुध्रिने भन्दा स्वतन्त्रमाथि नै खनिनमा व्यस्त देखिएका छन । ईन्द्रजात्राका दिन बसन्तपुर पुगेका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको हाई–हाई थियो । उनीसंगै मन्त्री,उच्चदपस्थहरु पनि त्यहा पुगेपनि शाहको चर्चाका अघि उनीहरु ओझेल परे । उनी जहाँ जहाँ पुग्छन त्यहा उनीसंग भेट्ने र फोटो खिच्नेको लर्को नै लाग्छ ।

यहि दृश्य संविधान दिवसका कार्यक्रममा पनि देखियो । राष्ट्रपती,प्रधानमन्त्री,का.मु प्रधानन्यायधीस देखि सरकार उच्च पदस्थहरु उपस्थिती सो समारोहमा कर्मचारी बालेन्द्रसंग फोटो खिच्दै थिए । यो त प्रतिनिधि घटना मात्र हो । सामाजिक सन्जालमा अलिक वढि लेखेर केहि आलोचना भोगेका धरानका मेयरका हर्क साम्पाङको पनि चर्चा कम छैन । जवकि नेताहरुको नाम सुन्नासाथ आलोचना गर्नेहरुको संख्या ह्वात्तै बढ्दै गएको छ। जुन अवस्था स्वयम नेतृत्वकर्ता कै गतिविधिले सिर्जना गरेको हो । जसलाई पूर्वप्रधानमन्त्री डा.वावुराम भट्टराईलेयुवा पुस्ताको विद्रोहको झिल्कोको रुपमा टिप्पणी गरेका थिए । युवा पुस्तामा यो भन्दा ठुलो विद्रोहको लहर आँउदै गरेको बताएका उनले यसलाई सम्बोधन गर्न नसके आउँदो निर्वाचनमा सहरी क्षेत्रमा बढारिने डर व्यक्त गरेका थिए ।

यो डर केवल भट्टराईका मात्र नभई नेतृत्वमा रहेका अन्य धेरै नेताहरुको समेत हो । आफू सुरक्षाविना हिड्नै नसक्ने तर स्वतन्त्रहरुको भने चौतर्फी चर्चा हुने कुराले उनीरुलाई पोल्न थालेको छ । यो विगतमा मतदातामा आएको परिवर्तनको संकेत भएको राजनीतिकशास्त्रीहरु समेत बताउछन । नेता र राजनितिक दलहरु प्रति देखिएको निराशाको उपज स्वतन्त्रहरु नेतृत्वमा आउने क्रम अझै बढ्ने उनीहरुको तर्क छ । तर यो परिस्थितीमा पनि नेताहरु भने सच्चिन तयार छैनन् । अर्थात आफू सुध्रिने भन्दा स्वतन्त्रमाथि गाली गलौच गर्ने र उनीहरुलाई असफल पार्नेमा नेताहरुको व्यस्त देखिन्छन ।बहुदलीय व्यवस्थामा केहि स्वतन्त्र आउनु स्वभाविक भएपनि उनीहरुले परिवर्तन गर्न नसक्ने नेताहरुको तर्क छ ।

कतिपय सेलिब्रेटी युवाहरुले पार्टी खोलेपनि एक ठाउँमा बस्नै नसकेको बताउने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्वतन्त्रले सरकार बनाउन–चलाउन सम्भव नभएको बताउछन । दलिय आधार र आस्थामा बन्धन बनेका कार्यकर्ता,नेतृत्व गर्न खोज्ने तर मत परिवर्तन नचहाने मतदाताको र स्वतन्त्र बनेका तर विगतमा दलका छत्रछामा हुर्किएकाहरु स्वतन्त्रका लागि चुनौती बन्ने खतरा छ । जसको आडमा स्वतन्त्रमाथि पेलेर अघि बढ्न सकिने नेताहरुको विश्वास छ । अर्कातर्फ परिवर्तन चहाने एक हिस्साको मतले केहि राम्रा व्यक्ति सदमा छिर्न सफल पनि होलान तर वहुमत र संसदीय व्यवस्थामा चलेको देशमा दलको दवाव तोड्न त्यति सहज नभएको कुरा भने सत्य हो ।