Breaking

राष्ट्रपति भण्डारीसँग १ घण्टा छलफल गरेर फर्किए सुरक्षा निकायका प्रमुख


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री, गृहसचिव र तीन सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा बोलाएर छलफल गरेकी छन्।

राष्ट्रपतिले गृहमन्त्रीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग विपत र सुरक्षा निकायको तयारीका बारेमा पछिल्लो अवस्थाको जानकारी लिएको स्रोतले जानकारी दिएको छ । शुक्रबार अपरान्ह चार बजे शीतलनिवास प्रवेश गरेका सुरक्षा प्रमुखहरुले त्यहाँ करिब एक घण्टा बिताएका थिए ।

गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शीतल निवास पुगेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ ।