Breaking

राष्ट्रपतिविरुद्ध तात्तियो सडक, सत्तारुढ दलका भातृसंगठनले दुई विकल्प, अटेर गरे सडकमा ल्याउने चेतावनी


काठमाडौँ — राष्ट्रपतिले नागरिता विधेयक प्रमाणीकरण अस्वीकार गरेसंगै राष्ट्रिय राजनीतिक तरंगित छ । राजनीतिक दलका भातृसंगठनहरु सडक आन्दोलनमा उत्रिएका छन भने सत्तारुढ दलका भातृसंगठनले राष्ट्रपतिको बचाउमा उत्रिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधयक अस्वीकार गरेको भोलिपल्ट नै एमाले निकट भातृसंगठनले ¥याली निकाले । राष्ट्रपतिको उतm निर्णयवारे विभिन्न कोणबाट बहस चलि रहँदा पाँच दलिय सत्तागठबन्धनका विभिन्न भातृसंगठनहरुले भने संयुतm रुपमा विरोधका कार्यक्रम सुरु गरेका छन् ।

संसदबाट दोश्रो पटकपास भएर आएको विधेयकसंविधानतःप्रमाणिकरण गर्न बाहेक अन्यविकल्पनहुनेमात्यसकाविरुद्ध गएपछिराष्ट्रपतीमाथिअहिले चौतर्फी दवाव बढेको छ । सरकार र राष्ट्रपति वीच दुरी बढेका छ भने सत्तारुढ दलका विद्यार्थी संगठन,युवा संगठन लगायतका विभिन्न भातृसंगठनहरु राष्ट्रपतिको विरुद्धमा सडक संघर्ष थालेका छन । उनीहरुले राष्ट्रपतिको यो कदमलाई एमालेको पतनको रुपमा अथ्याएका छन् ।

उनीहरुले राष्ट्रपतिको कदम संविधान विपरित भएकोे उल्लेख गर्दै राष्ट्रपतिलाई दुईवटा विकल्प दिएका छन । कि त विधेयक प्रमाणिकरण अन्यथा तत्काल राजीनामा दिनुपर्ने प्रर्दशनकारीहरुको माग छ । आफुहरुको विरोध प्रर्दशन राष्ट्रपति कार्यालयको कदम र न्यायलयको निर्णय अनुसार अघि बढ्ने उनीहरुले बताएका छन् ।

त्यो त राष्ट्रपतिको कदमलाई राष्ट्रभक्तिपूर्ण निर्णय भन्दै स्वागत गर्नेहरु पनि छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित केही साना दलहरुले राष्ट्रपछिको समर्थनमा प्रदर्शन गर्ने गरेका छन् । मुलुक निर्वाचनको संघारमा रहेको बेला सरकार र राष्ट्रपतिबीचको टसलले निर्वाचन प्रक्रिया प्रभावित हुने त होइन भन्ने आशंका बढेको छ । यस्तो अवस्थामा सत्तागठबन्धनले राजनीतिक चुनौतिलाई कसरी पार लगाउँछ चासोपूर्ण बढेको छ ।