Breaking

राष्ट्रपतिले असंवैधानिक कदम चालिन, पुनः संसद् बोलाउँ छौँ : मीन विश्वकर्मा (भिडियोसहित)

राष्ट्रपतिविरुद्ध महाअभियोग लाग्ला ?


काठमाडौँ — नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लंघन गरेको बताउनु भएको छ ।

उहाँले योहो टेलिभिजनसँग कुराकानी गर्दै संसदका दुवै सदनले दुई/दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले संवैधानिक व्यवस्थाको उल्लंघन गरेको बताउनु भएको हो । राष्ट्रपतिलाई दोस्रो पटक नागरिकता विधेयक प्रमाणीकरण गर्ने समय मंगलबार रातिबाट सकिएको छ ।

नागरिकता विधेयक सही र गलत छुट्याउने जिम्मेवारी जनता, संसद् तथा सरकारको भएको उहाँले बताउनुभयो ।